झापा, भदौ २ । झापा बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे बिर्तामोड १ चारपाने बस्ने २२ वर्षिया देवी तामाङको घरमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घरधनी तामाङ र उनका साथी बिर्तामोड ५ बस्ने २१ वर्षिया सिता खतिवडालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ४ ग्राम ४५ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे बिर्तामोड ५ जात्रुबारी चौकको बाटोमा ईप्रका बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ५ बस्ने २० वर्षिय रतन राजवंशी र सोही ठाउँका २४ वर्षिय सुरज चौधरीलाई शंका लागेर चेकजाँच गर्दा सुरज चौधरीको साथबाट प्लाष्टिकसहित ३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि हिजो दिउँसो बिर्तामोडको नयाँ बसपार्कबाट अर्जुनधारा वडा नं. ५ बस्ने २७ वर्षिय मनोज चौधरी र बिर्तामोड ५ बस्ने २३ वर्षिय सुमन तामाङ ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्