दमक , भदौ ३ । दमकस्थित रेडियो झापाका स्टेसन म्यानेजर गणेश शिवाकोटीको कोरोना संक्रमणबाट निधन भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2021/08/238721166_4639952792695710_2158763775613210834_n.jpg)
कमल गाउँपालिका निवासी शिवाकोटीको आम्दा अस्पतालमा उपचार भइरहेको थियो । बिहीबार साँझ ६ बजे उनको निधन भएको जनाइएको छ । उनी एक सातादेखि त्यहाँ उपचाररत रहेका थिए ।