बिर्तामोड , भदौ ५ । बिर्तामोड ३ का सामाजिक अभियानमा लागेका र जोडिन चाहने युवाहरुको सक्रियतामा आज बिर्ताबजारको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रमको आयाजना गरिदैछ ।

परिवर्तनका लागि युवा नारासहित सामाजिक सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएका स्थानीय युवाहरुले सो कार्यक्रम आयोजना गरेको अभियानका कैलाश प्रसाईले बताए । बिहान ९ बजेदेखि एकदिने रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए । बिर्तामोड ३ का युवाहरुले राजनीतिभन्दा माथि उठेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्