मेचीनगर , भदौ ९। किरात राई विद्यार्थी संघको २३ औ स्थापना दिवसको पूर्वसन्ध्यामा शैक्षिक एवं स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

मेचीनगर नगरपालिका वडा नं ३ मा अवस्थित बलभद्र आधारभूत विद्यालयमा किरात राई विद्यार्थी संघ माईपूर्व इलाका समितिको तर्फबाट शैक्षिक सामग्री, लगायत प्राथमिक उपचार सामग्री र छात्राहरुका लागि कपडाको सेनेटरी प्याड वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्व, वडा नं ३ का वडा सदस्य रिता थापाको प्रमुख आतिथ्य र शिक्षक ,अभिभावकहरुको उपस्थिति भएको कार्यक्रममा प्रधानाध्यापक हरिप्रसाद चापागाईलाई तीे सामानहरू संघका माईपूर्व इलाका समितिका संयोजक केनिज दुमी राईले हस्तान्तरण गरेका थिए । साथै मेचीनगर नगरपालिकाद्वारा सहयोग गरिएको ४० वटा स्कुल ब्याग समेत वितरण गरियो।

कार्यक्रममा बहुवन सामुदायिक वनका अध्यक्ष भुवन थापा, विद्यालयका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापालगायतको सहभागिता रहेको थियो । शिक्षक देबु बानियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक निरज पोखरेलले गरेका थिए ।
सोही भेलामा कोभिडका कारण विद्यालय खुल्न नसकिरहेको अवस्थामा विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर कसरी अघि बढाउने भन्ने विषयमा छलफल समेत गरिएको थियो । अभिभावकहरुले टोलटोलमा सीमित विद्यार्थी र स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीलाई पढाउन सकिने सुझाव दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्