बिर्तामोड , भदौ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीसंबद्ध जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बिर्तामोडको प्रथम एकता नगर अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट महिला संगठनको अध्यक्षमा शिखा खड्का गणेश र युवक संगठनमा महेन्द्र लिङ्देन निर्वाचित भएका छन्। राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षता तथा सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।कार्यक्रममा जिल्ला अध्यक्ष केशव ओझा ,केन्द्रीय सदस्य भक्ति सिटौलालगायतको उपस्थिति रहेको थियो । अधिवेशनमा दशैवटा वडाबाट महिला तथा युवाहरुको प्रतिनिधित्व रहेको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्