झापा , भदौ ९ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

बुधबार दिउँसो ३ बजे कचनकबल ५ मा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले सोही ठाउँ बस्ने ३७ वर्षिय उपेन्द्रलाल गणेशलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ७ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्