झापा, भदौ १२ । नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर तदर्थ समिति गठन गरिएको छ ।

नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार भद्रपुर ६ बंगाली युवा क्लबमा आयोजित एक भेलाले राजा मण्डलको संयोजकत्वमा भद्रपुर नगर तदर्थ समिति गठन गरेको हो । भेलाले सर्वसम्मतरुपमा समितिको सदस्यहरूमा रवीन्द्र घोष, मानस घोष, विजय साह, जयिता राय, मनीषा मण्डल, रितु बर्मन राय, सञ्जय आइच, राहुल चक्रवर्ती, रञ्जित मण्डल, अरूप घोषलाई चयन गरेको छ । त्यस्तै सल्लाहकारहरुमा अमूल्य मण्डल, सञ्जय घोष र निर्मल घोष रहेका छन् ।

नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको संयोजकत्वमा भएको भेलामा नेपाल बंगाली समाजका सचिव जयन्ती मानी, अमूल्य मण्डल, पार्थ मण्डल, राजा मण्डल, सञ्जय आइच, सञ्जय घोष, निर्मल घोष र मानस घोषलगायतले आआफ्नो धारणा राखेका थिए । भद्रपुर नगर तदर्थ समिति गठन गरिए पनि यसअघि भद्रपुरमा गठित नेपाल बंगाली समाज, बंगाली युवा क्लब र बंगाली महिला मञ्चलाई यथावत् राखेर अघि बढ्ने छलफलले निष्कर्ष निकालेको छ ।
नेपाल राष्ट्रिय बंगाली समाजले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि बंगाली आयोग गठनका लागि राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियान अनुसार जिल्लाका स्थानीय तहहरूमा समिति गठन गर्नुका जिल्ला कमिटी अभियानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्