दमक,भदौं १२ । दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स नगर कमिटी एकैसाथ गठन गरिएको छ ।

पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रम गरी एकैसाथ ती कमिटी गठन गरिएका हुन् ।
पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमिरे ,उपाध्यक्षद्वयमा बिराटजंग जबेगु (लिम्बु ), कमला प्रसाई, सचिवमा सुमन कार्की, सहसचिवमा अनिलदेब राई
र कोषाध्यक्षमा प्रेम भुजेल चुनिएका छन् । यस्तै, सदस्यहरुमा चन्द्र थापा,सौरभ भट्टराई, नरेश भण्डारी, युवराज दुलाल,कमल नेउपाने ,ललित माझी ,किरण भट्टराई , मदन गुरुङ ,खगेन्द्र नेपाल ,उमेश चौलागाईं ,प्रबल भण्डारी , डम्बर आङदेम्बे ,खगेन्द्र कार्की ,जुलन गजमेर (उमेश ) , कल्पना श्रेष्ठ ,मनकुमार दर्नाल ,राजु भट्टराई , देवीमाया श्रेष्ठ (धिमाल ) र रोशन भण्डारी चुनिएका छन् ।
यसैगरी केन्द्र प्रसाईको संयोजकत्वमा एक सल्लाहकार कमिटी समेत गठन गरिएको छ । सल्लाहकार कमिटीको सदस्यहरुमा शान्तिराम आचार्य ,हरि नेपाल,भिम दाहाल ,टीका प्रसाई,जीवन सेडाई ,मदन ढकाल,चैतन्य लामिछाने (निर्मल ), मदन पौडेल ,तिर्थ नेपाल ,तिर्थनारायण श्रेष्ठ ,लालबहादुर श्रेष्ठ ,कमल कटुवाल ,लक्ष्मी खनाल , शशी पौडेल ,नारायण प्रसाई, बिष्णु नेउपाने र चित्र ढकाल रहेका छन् ।
अखिल फोर्स दमक नगर कमिटी
सोही अवसरमा रतन भण्डारीको अध्यक्षतामा २१ सदस्यीय अखिल फोर्स नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सावन ढकाल ,सचिवमा अभिषेक घिमिरे ,सहसचिवद्वयमा दिपक भट्टराई ,मन्जुल भट्टराई र कोषाध्यक्षमा शिब कुलुङ चुनिए भने सदस्यहरुमा आयुषमान पोख्रेल,रबिन अधिकारी ,सुजन भण्डारी ,मदन बिश्वकर्मा,मनिप धिमाल,सुनिल निरौला, एन्जिल खरेल,हेमराज मगर
,मोहमद अली, सनम राई, मुकेश खत्री ,सजल आचार्य , अशोक राई, सुशान राई चुनिएका छन् ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी ) झापाका नेता निलमणि बराल र अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, केन्द्रीय सदस्य मदन गुरुङलगायतको उपस्थिति रहेको थियो ।