अबुधाबी , भदौ १३ । युएईको राजधानी अबुधाबीमा रहेको एभरेस्ट ट्राभल एन्ड टुरिजमले नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

माइतीहरुले चेलीबेटीहरुलाई बोलाएर दर खुवाउने परम्परालाई परदेशमा भए पनि निरन्तरता दिनका लागि एभरेस्ट ट्राभलले दर खुवाउने कार्यक्रम अबुधाबीको टुरिष्ट क्लब एरियामा सम्पन्न गरेको कार्यक्रमका सभापति एभरेस्ट ट्राभल एन्ड टुरिजम एलएलसीका संचालक सुमन पराजुलीले बताए ।
एभरेस्ट ट्राभलको आयोजना तथा ब्लेकिङ स्टार क्लिनिङ एन्ड रियल स्टेटको व्यवस्थापनमा मनाइएको उक्त कार्यक्रममा करिब ३६ जना चेलीबेटीहरुले मीठामीठा परिकारहरु खाएर तीज गीतहरुमा नाचगान गरी भव्य रूपमा मनाएको कार्यक्रमका संयोजक अन्जु भट्टराईले जानकारी दिएकी छन् ।
टुरिष्ट क्लबमा रहेको कार्यक्रमस्थल निःशुल्क उपलब्ध गराएर परदेशमा भएपनि नेपाली पहिचान र संस्कृतिलाई जोगाउन सहकार्य गरेको हल संचालक तथा ब्लेजिङ स्टार कम्पनीका प्रबन्ध निर्देशक केशव कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्