बिर्तामोड , भदौ १४ । झापाको अर्जुनधारा ६ मा करेन्ट लागेर मृत्यु भएको अबस्थामा महिलाको शव फेला परेको छ ।

ट्रान्सफर्मरमुनि ४५ वर्षिया सावित्री खड्का विश्वकर्माको शव फेला परेको हो । अर्जुनधारा खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि अर्जुनधारा ६ मा बस्दै आएका थिए । करेन्ट लागेको अबस्थामा ट्रान्सफर्मरमुनि पोलको छेउमा ती महिलाको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । शनिबार साँझ श्रीमानसँग सामान्य झगडा भएपछि घर छोडेर निस्किएकी सावित्राको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो ।शनिबार साँझ सामान्य झगडा भएपछि उनी घर छोडेर निस्किएको उनका श्रीमान नारायण विश्वकर्माले बताएका छन् । घरबाट निस्केपछि आफूले खोजी गर्दा फेला नपरेको श्रीमान नारायणले बताएका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । मृतकका श्रीमान नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती महिलाको करेन्ट लागेर मृत्यु भएको हो वा अरु नै कारणले भएको हो भन्ने पोष्टमार्टम रिपोर्टबाट थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । शवलाई पोष्टमार्टमको लागि लगिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्