भद्रपुर, भदौ १६ । सशस्त्र प्रहरी बल झापाले ब्राउनसुगरसहित दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा १० बस्ने ३९ वर्षिया विमला ढकाल र झापा शिवसताक्षी ७ बस्ने निशा जोगी रहेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए । मेचीनगर १५ स्थित विओपी ज्यामिरगढीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट १६.१५ ग्राम ब्राउनसुगरसहित मोवाइल सेट ३ थान र इन्डोनेसियन रकम एक हजारसमेत फेला परेको थियो ।
पक्राउ परेकालाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्