झापा , भदौ १६ । महिलाहरूलाई काम दिने प्रलोभनमा पारेर जबरजस्ती यौन धन्दामा लगाउने गरेको आरोपमा कास्कीको पोखराबाट इलामकी एक महिला पक्राउ गरेकी छन्।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–८ चिसापानी घर भई पोखरा महानगरपालिका–६ शान्ति नगरमा बस्दै आएकी २८ वर्षीया अस्मिता राई रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार राईलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पु¥याउन वेटरको काममा लगाइदिन्छु भन्ने तथा कतिपयलाई ललाईफकाई प्रलोभनमा पारी यौन धन्दामा लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी हमालले बताए।

राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत सोमबार नियन्त्रणमा लिएको हो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको र पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्