झापा , भदौ १७ । वर्षासँगै परेको चट्याङले लागेर झापा गाउँपालिकामा एउटा चौपाया मरेको छ ।

गएराति चट्याङले लागेर झापा गाउँपालिका वडा नं ७ चन्द्रबस्तीका कृष्णप्रसाद मिश्रको गाई मरेको हो । ग्वालीमा बाँधेको गाई मर्दा अन्दाजी ७० हजार मूल्य बराबरको क्षति भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्