दमक , भदौ १८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना भुटानी शरणार्थी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले हिजो साँझ दमकबाट उनीहरुलाई पक्राउ गरेको हो । साँझ ६.४० बजे दमक नगरपालिका वडा नं.३ बेलडाँगी चौक बाङ्गगे बजार ईलाकामा सशस्त्र प्रहरी बल नेपाल नं २ गण मातहत भुटानी शरणार्थी सुरक्षा बेश बेलडाँगीबाट गएको टोलीले शंका लागेर चेकजाँच गर्दा शरणार्थीहरुको साथबाट ५.७२ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।पक्राउ पर्नेहरुमा भुटानी शरणार्थी क्याम्प बेलडाँगी २ सेक्टर डी २ हट नं.१७९ बस्ने ३२ वर्षिय पुकबहादुर कटुवाल र बेलडाँगी २ सेक्टर डी १ हट नं.१०१ बस्ने २६ वर्षिय किरण राई रहेका छन् । उनीहरुको साथबाट नेपाली नगद रु. ३०७०, र २ थान मोवाईल बरामद भएको छ । दुवैलाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय दमक झापामा बुझाइएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर भण्डारीले जनाएका छन् ।