बिर्तामोड , भदौ २० । बिर्तामोड ४ मा एकजनाको हत्या भएको आशंका गरिएको छ ।

बिर्तामोड ४ मा डेरा गरी बस्ने कचनकवल ३ का बाबुलाल भनिने ५० वर्षिय भाद्रु राजवंशीको हत्या भएको आशंका गरिएको हो । अटो संचालक राजवंशीको शव भुईमा लडेको अबस्थामा फेला परेको छ । उनको अनुहारमा रगत देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । प्रहरीले घटनास्थल सिल गरेको छ । मृतकका नाबालक छोराले कान्छा काकाले आफ्नो बुवाको हत्या गरेको बताएका छन् । उनी सुस्त मनस्थितिका छन् । हत्या आरोपित फरार रहेको जनाइएको छ । प्रहरीले अनुसन्धान थालिनसकेकाले विस्तृत जानकारी आउन बाँकी रहेको प्रमुख प्रहरी नायव उपरीक्षक आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्