कुमरखोद, भदौ २० । झापा गाउँपालिकाको लसुना बोर्डरमा नेपाल भारतको सीमा नाका खोल्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

व्यापारी, यातायात व्यवसायी,कृषक, युवालगायतले लसुना वोर्डरमा रहेको छोटी भन्सार कार्यालय अगाडी नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
कोभिडका कारण विगत १७ महिनादेखि बन्द रहेको लसुना दिघलबैंक सीमा नाका खोल्न माग गर्दै उनीहरुले झापा गाउँपालिकाको स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय सरकारमार्फत जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र पठाएका छन् ।
स्थानीय कुमार गणेशले मुख्य नाकाबाट नेपाल भारत आवतजावत गर्न दिँदा कोरोना नसर्ने तर बोर्डरकै विभिन्न साईडबाट आवतजावत गर्न दिँदा कोरोना चाहिँ सर्ने कस्तो नियम भएको प्रश्न गरे । बोर्डरको विभिन्न साईटबाट मानिसहरुले धानवारी खोल्साखोल्सी हुँदै ज्यानको जोखिम मोलेर वारिपारि गर्नुपर्ने वाध्यता भएको उनको भनाइ छ । त्यसैगरी युवा परिवारका अध्यक्ष अभिराम यादवले मानिसहरु अब कोरोनाले होईन खाना नपाएर मर्न लागेको बताए । नेपाल भारतबीच रोटी र बेटीको सम्वन्ध भएकोले यथाशीघ्र नेपालतर्फको सम्पूर्ण नाकाहरु स्वास्थ्य मापदण्ड अपनाएर खोल्न उनले माग गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्