बिर्तामोड, भदौ २१ । आफ्नै दाजुको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् ।

उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित डेरा गरी बस्ने रतनलालले आफ्नै दाजु ५० वर्षिय भाद्रु राजवंशीको शनिबार राति हत्या कुटेर हत्या गरेका थिए ।
लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने अटो चालक भाद्रु आफू सुत्ने कोठामा हिजो बिहान मृत फेला परेका थिए । घटनापछि रतनलाल आफ्ना छोरा ९ वर्षिय श्रीमन राजवंशीलाई साइकलमा साथमा लिएर भागेका थिए ।
शनिवार राति १२ बजे दाजुभाइबीच सामान्य विवाद भएको थियो । उनले प्रहरीसमक्ष दाईको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतकका छोरा १५ वर्षिय देवनारायण राजवंशीले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो ।जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले राति ९ बजे मेचीनगर १५ स्थित आफन्तको घरबाट रतनलाई हत्यामा प्रयोग भएको मार्तलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई इप्रका बिर्तामोडमा राखिएको र आज झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्