सोलु, भदौ २४ । सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाटमा लु ३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् भने सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल सामान्य घाईते भई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

हिजो दिउँसो १० बजे सल्लेरीबाट सोताङतर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसी दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्