मोरङ,भदौ २४ । मोरङ ग्रामथान गाउँपालिका गिदनिया ५ का ३० बर्षीय सन्तोषको बिश्वासको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउँसो सवा १ बजे ग्रामथान ५ लवारेमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागेर बेहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको होे । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्