दमक, भदौ २४ । नेपाली कांग्रेस दमकको भदौ २७ गते हुन गईरहेको नगर अधिवेशनको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाश प्रसाईको समूहले पदाधिकारीमा प्यानल उम्मेदवारी घोषणा गरेको छ ।

आफ्ना समूहलाई नगर निर्वाचनमा विजयी गराउन उद्घोषसहित प्रसाई नेतृत्वको समूहले उपसभापतिद्वयमा युवराज (सागर ) खनाल र मीना कोइराला , सचिवद्वयमा नवराज ढकाल, दिनेश अग्रवाल,सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई उठाएको छ ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहनिकट मानिने सो समूहबाट प्रसाईले औपचारिक रुपमा प्यानल सार्वजनिक गर्ने तयारीमा रहेको छ । उम्मेद्वार प्रसाई पार्टीका वर्तमान नगर सचिव तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।
यसैगरी नेवि संघका पूर्व जिल्ला सभापति समेत रहेका नगर सभापतिका प्रत्यासी पर्शुराम रिजालले पनि आफ्नो समूहबाट प्यानल उम्मेद्वारी घोषणा गरेका छन् ।

सो समूहले उपसभापतिद्वयमा प्रेम भट्टराई, सचिवमा रामचन्द्र अधिकारी ,सहसचिवमा विजय राई र मुना चापागाईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी पार्टी सभापति रोशन विष्टले आफूसहित सचिवमा दिपेश दाहाललाई सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सिटौला समूहबाट अलग भएका विष्ट कुनै समूहविना आफू सभापतिमा पुनःउम्मेदवारी दिने तयारीमा लागेका हुन् ।
नगर निर्वाचनमा वडाबाट निर्वाचित वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्