बिर्तामोड , भदौं २५ ।स्थानीय रेडियम व्याण्डका गायक तथा गितारिस्ट राजु चौधरीको निधन भएको छ ।

झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए । उनको शुुक्रबार बिहान ११ बजे भारतको दिल्लीमा निधन भएको फर राजु चौधरी अभियानका सदस्य विशाल अग्रवालले जानकारी दिए ।बिरामी भएपछि बिर्तामोडको बिएन्डसी, विराटनगर, काँठमाडौैं हुँदै पछिल्लोपटक भारतको दिल्लीमा उपचार भइरहेको थियो ।तर, बिहीबार बेलुका अचानक उनको रगतमा अति संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको थियो । तर, उपचार जारी राखे पनि उनलाई बचाउन नसकिएको चिकित्सकलाई उदृत गर्दै उनले बताए ।राजुलाई बचाउनका लागि स्थानीय एलाइट युथ क्लब बटारेसहित विभिन्न संघसंस्थाले अभियान नै सञ्चालन गरेर आर्थिक सहयोग जुटाइरहेका थिए । बिहीबार मात्र क्लब र अष्ट्रेलियामा संकलित २ लाख २९ हजार राजुको बैंक खातामा जम्मा गरिएको थियो ।यस्तै स्याडोज व्याण्डका स्वप्निल शर्मा र अनुप्रस्थका निरन शाहीले पनि विभिन्न स्थानमा पुगेर राजुका लागि आर्थिक सहयोग जुटाउँदै आइरहेका थिए ।उनको निधनसँगै बिर्तामोडका युवा समुदाय, कलाकारिता क्षेत्रमा लागेका युवा र उनका प्रशंसक स्तब्ध बनेका छन् ।z

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्