भद्रपुर, भदौ २७ । नेपाली काँग्रेस भद्रपुर नगर समितिको नेतृत्व दावी गर्दै उपसभापति ज्ञानबहादुर चौहानले उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघबाट २०४६ सालको जनआन्दोलनमा सशक्त भूमिकासहित भाग लिएर राजनीति सुरू गरेका चौहानले सबै कार्यकर्ताको भावनाअनुरूप उम्मेदवारी घोषणा गरेको दावी गरेका छन् ।
नेपाली काँग्रेसमा सकृय रूपमा काम गरिरहेका चौहान वर्तमान उपसभापति समेत हुन् । राजनीतिमा लागेर लाभको पद नलिएका चौहान काँग्रेस भद्रपुरका सबै नेता कार्यकर्तासंग परिचित व्यक्ति हुन् ।
नगर काँग्रेसलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने चौहानले प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध कार्यकर्ताको पहिचान निर्माण गरेका छन् । काँग्रेसको १२ औं महाधिवेशनमा साविक चन्द्रगढी गाउँ उपसभापतिको नेतृत्व सम्हालेका चौहानले १३ औं महाधिवेशनमा भद्रपुर नगर उपसभापति सम्हालेको अनुभव लिएका छन् ।
उनले नगर नेतृत्वका लागि निम्न अवधारणा प्रस्तुत गरेका छन् । ‘ म नगर पार्टीका आमकार्यकर्ता र शुभेच्छुकको विकास र उन्नतिको दियो ( प्रकाश) मा केही तेल थप्न , पुरानो जीर्ण नगर पार्टी भवनलाई पुनर्निर्माण गरी पार्टीको सबै तहलाई सचिवालयमार्फत नियमित र व्यवस्थित रूपमा लिपिवद्ध गरी अनुशासित रुपमा संगठन संचालन गर्ने छु ।
सबै तहको आमनिर्वाचनमा सर्वसम्मत उम्मेद्वार छनौट गर्न विधि र पद्धतिमार्फत चयन गरी सबै उम्मेद्वारहरूलाई निर्वाचित गराउने वातावरण निर्माण गर्दछु ।
अग्रजहरूको उचित सम्मान गर्दै सहकर्मी र युवाहरूलाई सम्मानित र उचित पदहरूमा व्यवस्थित गराउँदै पार्टी र कार्यकर्ताको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्