बिर्तामोड, भदौ २८ । कृषि उपज बजार केन्द्र बिर्तामोडका व्यवसायीहरुका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइएको छ ।

कृषि उपज बजार केन्द्रमा आवद्ध व्यवसायी , सहयोगी व्यापारी , मजदुर गरी ५ सय जनालाई कोरोनाविरुद्धको भेरोसिल खोपको व्यवस्था मिलाइएको हो । कृषि बजारभित्रै उनीहरुलाई आज बिहानदेखि खोप लगाउन थालिएको कृषि उपज बजार केन्द्रका संचालक समिति अध्यक्ष कमल पौडेलले बताए । कृषि उपज बजार केन्द्र बिर्तामोडमा ३६० जना व्यवसायी आवद्ध रहेका छन् । त्यस्तै सहायक व्यापारी र मजदुरहरु पनि छन् । विगत एक महिनादेखि जिल्ला प्रशासन कार्यालयसँग पहल गरेर सो खोप मगाइएको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्