कुमरखोद ,भदौं २८ । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत झापा गाउँपालिकामा काँग्रेस नेतृत्वले वडा कार्य समितिलाई मात्र सर्वसम्मत चयन गरेनन्, अधिवेशन हुनुपूर्व नै गाउँ कार्य समिति समेत सर्वसम्मतले गठन गराउन सफल भएका छन् ।

सागीरथ गणेशको नेतृत्वमा गाउँ कार्य समितिलाई सर्वसम्मत बनाउन प्रमुख भूमिका काँग्रेसका महासमिति सदस्य देउमान थेवेका साथै क्षेत्रीय सभापति जयनारायण शाह, क्षेत्रीय सचिव शिवकुमार कँडेललगायतका नेतृत्वहरुले भूमिका निर्वाह गरेका थिए ।

नेपाली काँग्रेसमा सकृय रुपमा काम गरिरहेका गणेश पहिला क्षेत्रीय सदस्य रहेका थिए । गणेश राजनीतिमा कुनै पद नलिईकन झापा जिल्लाका सवै नेता कार्यक्रर्तासँग परिचित व्यक्ति हुन् । झापा गाउँपालिकामा नेपाली काँग्रेसलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने गणेशले प्रजातान्त्रिक समाजवादप्रति प्रतिवद्ध कार्यकर्ताको पहिचान बनाएका छन् । गणेश पेशाले एक कुशल र सफल व्यापारी हुन् ।

गणेशको नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल , सचिवमा संजय गणेश र प्रताप विश्वकर्मा तथा सहसचिवमा सफिउल्ला अन्सारी रहेका छन् ।
त्यसैगरी सर्वसम्मतवाट चयन भएको वडा कार्य समितिको नेतृत्व लिनेहरुमा वडा नं १ को सभापतिमा कौशलप्रसाद गणेश , सचिवमा कुमार गणेश र कमलबहादुर लिम्वु , वडा नं २ को सभापतिमा द्वारिका खतिवडा , सचिवमा टेकबहादुर कार्की र मोहनकुमार कार्की , वडा न ३ को सभापतिमा रामराज गणेश , सचिवमा सुवाषलाल गणेश र हरिप्रसाद सुवेदी, वडा नं. ४ को सभापतिमा फरमान शेख , सचिवमा चन्द्रबहादुर गिरी र जाकिर आलम अन्सारी, वडा नं. ५ को सभापतिमा महवुल हक ,सचिवमा जयनारायण गणेश र रामकुमार गणेश , वडा नं ६ को सभापतिमा मनप्रसाद मिश्र ,सचिवमा चन्द्रप्रसाद सिटौला र डिल्लीप्रसाद मैनाली, वडा नं.७ को सभापतिमा तेजवहादुर श्रेष्ठ , सचिवमा नेत्रप्रसाद सिटौला र बालकृष्ण सिटौला रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्