पथरी,भदौ ३० । पथरी उद्योग बाणिज्य संघको निर्वाचनमा साझा गठबन्धनका अध्यक्षका उम्मेदवार धनकुमार तामाङ विजयी भएका छन् ।

७३८ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका दिपक बस्नेतले ६८६ मत प्राप्त गरेका छन् । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा यादव दुलाल ७६१, उपाध्यक्षमा आशा राई ७५५ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, महासचिवमा गठबन्धनका राजेन्द्र बस्नेत ७६० , बाणिज्य सचिवमा ईश्वरी सापकोटा ५५७ र उद्योग सचिवमा गठबन्धनका प्रेमप्रसाद सुवेदी ६७० र कोषाध्यक्षमा गठबन्धनका बिजयजंग बस्नेत ७६२ मत प्राप्त गरी विजयी भएका छन् । अध्यक्ष , महासचिव , उद्योग सचिव र कोषाध्यक्ष गठबन्धनले जितेपनि बरिष्ठ उपाध्यक्ष ,उपाध्यक्ष र बाणिज्य सचिव प्रगतिशील प्यानलले जितेको छ ।