गौरीगञ्ज,असोज ३ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा झापा गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र (क) को उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

करिब डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय गौरीगञ्ज मिडिया प्रालिका सञ्चालकसमेत रहेका राजवंशीले आज संविधान दिवसको अवसर पारेर आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । पत्रकारिता पेशालाई अघि बढाउने सिलसिलामा आफनो आस्थावान दलको ऐतिहासिक महत्व राख्ने महाधिवेशन भएका कारण आफूले पार्टी नेतृत्वमा इच्छा देखाएको बताए । लोकतन्त्र र संविधान प्राप्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुलुकको एक मात्र जनप्रिय दलका रुपमा आफूले कांग्रेसलाई लिएको र संविधानको जननीका रुपमा रहेको दलको नेतृत्वमा संविधान दिवसको अवसर पारेर आफ्नो उम्मेद्वारी घोषणा गरेको उनले बताए ।
राजवंशी ज्ञानेन्द्र खत्रीको नेतृत्वमा रहेको प्यानलबाट प्रदेश सभा निर्वाचन क्षेत्रको उपसभापतिमा उम्मेद्वार बनेका हुन् । उम्मेद्वारी सार्वजनिकपछि उनले आज नै चुनावी अभियानमा जुटेको बताए । उनले भने, –‘सबै साथीहरुसंग हाम्रो टिम सामूहिक भेटघाट र पार्टीमा रुपान्तरणको बिषयलाई लिएर अन्तरक्रियामा लागेका छौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्