हल्दिबारी , असोज ९ । नेपाली काँग्रेस हल्दिवारीको सभापतिमा सामाजिक व्यक्तित्व गंगाप्रसाद प्रसाईं सर्वसम्मत चयन भएका छन् ।

उनी यसअघि काँग्रेस हल्दिवारीको सहसभापति रहेका थिए । त्यस्तै उपसभापतिमा होमप्रसाद चुडाल र खडग लावती पनि सर्वसम्मत निर्वाचित भएका छन् । सचिव र सहसचिव पदमा सर्वसम्मतको प्रयास भैरहेको काँग्रेस नेता कृष्ण प्रसाईले जानकारी दिए । उनका अनुसार अन्य सदस्य पदमा पनि सर्वसम्मत भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्