झापा,असोज ९ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ भएको छ ।

जसअन्तर्गत झापाका १५ वटै पालिकाहरुमा पनि अधिवेशन शुरु भएको छ । त्यसक्रममा जिल्लाका १४ वटा पालिकामा उम्मेद्वारी दर्ता भएको छ भने एउटामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाली काँग्रेस बिर्तामोड नगर अधिवेशनमा दुईवटा प्यानलले उम्मेद्वारी दिएका छन् । कुलप्रसाद संग्रौला र भोजराज सिटौला नेतृत्वको दुईवटा प्यानलले उम्मेद्वारी दिएका हुन् । नगर सभापतिमा संग्रौला र सिटौला , उपसभापतिमा पशुपति राजवंशी , बलराम कार्की , राजकुमार राजवंशी र सूर्यप्रसाद कन्दङ्वा , सचिवमा अच्युत दाहाल , उत्तम खनाल , दिवाकर प्रसाई र दिपेन्द्र राउत तथा सहसचिवमा अमोदप्रसाद दाहाल , दिनेश पराजुली , धर्मेन्द्र सिटौला र रमेश चौधरीले उम्मेद्वारी दिएका छन् । निर्वाचन आयोगले केही नगर समिति सदस्य निर्विरोध भएको अन्तिम नामावली प्रकाशन गरेको थियो । तर, त्यसमा त्रुटी भएको भन्दै रद्ध गरिएको छ ।

त्यस्तै १४ औं महाधिवेशनअन्तर्गत भद्रपुरमा काँग्रेसको नेतृत्व गर्न नेता कृष्णप्रसाद सिटौला निकट मानिएका ५ जनाले सभापतिको दावेदारी गर्दै उम्मेद्वारी दर्ता गरेका छन् । नगर समितिको नेतृत्वका लागि साविक चन्द्रगढीबाट वर्तमान नगर उपसभापति ज्ञानबहादुर चौहान, साविक पृथ्वीनगरबाट वर्तमान सचिव रामबहादुर कँडेल, साविक भद्रपुरबाट भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की र भरत प्रसाई तथा साविक महेशपुर गाउँ सभापति मदनबहादुर बस्नेतले काँग्रेसको नगर सभापतिका लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।
यसैगरी २ जना उपसभापतिमा रेखा अधिकारी, रमेशचन्द्र झा र भरतचन्द्र गुरूङले उम्मेद्वारी दिएका छन् भने २ जना सचिवका लागि दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला, सन्तकुमार राजवंशी र कविन राईले उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै २ जना सहसचिव पदका लागि सन्तोषराज थापा, मनिकुमार राई, दिपेशकुमार साह र नन्दलाल राजवंशीले मनोनयन दर्ता गराएका छन् ।

खुल्लातर्फ रहेको २० सदस्य पदका लागि ४० भन्दाबढीले उम्मेद्वारी पेश गरेका छन् ।
यसैगरी कचनकवल गाउँपालिका सभापतिमा तुलाराम अधिकारी निर्विरोध भएका छन् भने २ उपसभापतिमा लालमोहन राजवंशी, झवित मिया र निश्चल दाहालबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै सचिवमा रपित शेख, रमानन्द राजवंशी र टेकनाथ पौडेलको उम्मेद्वारी परेको छ भने सहसचिवलगायत सवै सदस्य निर्विरोध भएका छन् ।काँग्रेस मेचीनगर सभापतिका लागि मेचीनगरका दुई वडाध्यक्ष बीच चुनावी भिडन्त हुने भएको छ ।
सर्वसम्मत सभापति छान्नका लागि नेतृत्वले अन्तिम घडीसम्म प्रयास गरे पनि सफल हुन सकेन ।
धुलाबारी माविमा रहेको मतदान केन्द्रमा पुगेर निर्वाचन समितिसमक्ष दुई युवा नेताहरु वडा नम्बर ४ का अध्यक्ष नवीन बराल र वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिका बमोजिम अनुसार पहिलो चरणमा मतदाता नामावली प्रकाशन गरिएको थियो । दिउँसो १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको थयो । जसअन्तर्गत दुई सभापति, चार उपसभापति, चार सचिव तथा पाँच सहसचिवमा उम्मेद्वारी दर्ता भएका छन् ।

उपसभापतिमा धनकाजी खत्री, योगेन थापामगर, सन्दिप ओली र राजु अधिकारीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै सचिवमा मनोेज घिमिरे, अशोक राई, मुकेश लिम्बू र लक्ष्मी काफ्लेले उम्मेद्वारी दिएका छन् ।
सहसचिवमा बिजय भट्टराई, लोकेन्द्र थपलिया, चन्दन गौतम, टिकाराम धमला र नवीन खतिवडाले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै नेपाली कांग्रेस कमल गाउँपालिकाको सभापतिमा तीनजनाले उम्मेद्वारी दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कमलमा शनिवार भएको उम्मेद्वारी मनोनयनमा सभापतिमा तीन जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
एक जना सभापतिका लागि खगेन भण्डारी, बुद्धिराज न्यौपाने र प्रमोद दाहालको उम्मेद्वारी परेको छ भने दुई जना उपसभापतिमा लोकनाथ खनाल, चन्द्रलाल गौतम, पदम बहादुर निरौला, विक्रमसिंह कार्की र केदार कटुवालले उम्मेद्वारी परेको मतदान अधिकृत कुमार खतिवडाले जानकारी दिए ।
त्यसैगरी दुई जना सचिवका लागि देवीप्रसाद दाहाल, तिलोचन आचार्य, महेन्द्र बुढाथोकी र सहसचिवमा दुर्गाप्रसाद पोख्रेल, सबिता दाहाल ( कटुवाल ) ,ख्यामराज खनाल र टंकप्रसाद कट्टेलले उम्मेद्वारी परेको छ ।
कार्य समिती सदस्यमा भने वडाबाट २१ जना र १५ जना समावेशी कोटामार्फत तथा दुुई जना प्रदेश महाधिबेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएको मतदान सहायक अधिकृत विष्णु सुब्बाले जानकारी दिए । १३७ जना मतदाता रहेको कमलमा आइतवार विहान मतदान हुने जनाईएको छ ।

यसैगरी, दमकमा पनि सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । सभापतिमा प्रकाश प्रसाई, पर्शुराज रिजाल र रोशन विष्टको उम्मेदवारी परेको छ भने अन्य पदाधिकारीहरुमा पनि प्यानलनै उम्मेदवारी परेको छ ।
दमक ५ स्थित दिपिनी आधारभूत बिद्यालयमा बिहान १० बजेदेखि शुरु भएको उम्मेद्वारी मनोनयमा चुनावी दौडमा रहेका तीनै समूहले उम्मेद्वारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारहरु, नेता, कार्यकर्ताहरुको भिडभाड देखिएको थियो । करिब १ बजे प्रसाइँ उम्मेदवारी दर्ताका लागि पुगेका थिए भने त्यसलगत्तै विष्ट नेतृत्वको समूह र करिब १.३० बजे रिजाल नेतृत्वको समूह उम्मेदवारी दर्ताका लागि मतदान केन्द्रमा पुगेका थिए । निर्वाचनस्थलमा संघीय सांसद समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बु पनि पुगेकी थिइन । निर्वाचन समितिका अनुसार प्रसाई नेतृत्वको समूहले उपसभापतिद्धयमा युवराज (सागर ) खनाल र मीना कोइराला , सचिवद्वयमा नवराज ढकाल, दिनेश अग्रवाल,सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई उम्मेद्वारी दर्ता परेको छ । रिजालको समूहबाट उपसभापतिद्वयमा प्रेम भट्टराई,संगम राई, सचिवमा रामचन्द्र अधिकारी,चन्द्रकुमार गिरी (कुमार ) ,सहसचिवमा विजय राई र रमुना चापागाई र विष्ट समूहबाट सचिवमा सचिवमा दिपेश दाहालको उम्मेदवारी परेको छ ।
पदाधिकारीहरुसंगै वडाबाट निर्वाचित हुने सदस्यहरुमा निर्विरोध भएका छन् भने समावेशी कोटामार्फत निर्वाचित हुने सदस्यहरु भने चाहिनेभन्दा बढी उम्मेद्वारी परेको मतदान अधिकृत बावुराम दाहालले जनाएका छन् । नेतृत्वका लागि दमकमा वडा सभापति,क्षेत्रीय प्रतिनिधिसहित ३२७ जना मतदाताले मतदान गर्ने छन् ।

त्यस्तै नेपाली काँग्रेस १४ औं महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको काँग्रेसका नेतृत्वले वडा कार्य समितिलाई सर्वसम्मत मात्र चयन गरेनन् सक्रिय सदस्यहरुलाई समेटेर गाउँ कार्य समितिको नेतृत्व पनि सर्वसम्मत गराउन सफल भई घोषणा गरेको छ ।
सागीरथ गणेशको नेतृत्वमा गाउँ कार्य समितिलाई सर्वसम्मत वनाउन नेपाली काँग्रेसका महासमिति सदस्य देउमान थेवे , क्षेत्रीय सभापति जयनारायण शाह, क्षेत्रीय सचिव शिवकुमार कटेललगायतका नेतृत्वहरुले भूमिका निर्वाह गरेका थिए ।
सागीरथ गणेशको नेतृत्वमा गाउँ कार्य समिति सर्वसम्मत चयन भएको हो । जसको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल , सचिवमा संजय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी र मोहनकुमार राजवंशी रहेका छन् । सदस्यहरुमा सजेरुन मियानी , रघु टुडु सतार , जीवनलाल माझी , टिकामाया खड्का , अनन्त कोच , भुपेन्द्रबहादुर कटुवाल , हरिप्रिया पोखरेल , एकवर अली , मोहनप्रसाद गणेश , गंगा राजवंशी , जनकराज सुवेदी , गोपालप्रसाद गणेश , नसिवा सुल्ताना , विजय राजवंशी , त्रिरत्न कुमार गणेश , गंगा शिवाकोटी , मदनप्रसाद ओली मेदनीप्रसाद उप्रेती , ईन्द्रिरा सिटौला , टिकाराम कार्की र टिकाराम पाठक रहेका छन् ।

त्यस्तै अर्जुनधारामा नगर सभापतिबाहेक अन्य पदमा सर्वसम्मत भएको छ । सभापति पदका लागि भीष्म मिश्र र हेमराज खरेलले उम्मेद्वारी दिएका छन् । त्यस्तै उपसभापतिमा चतुर्भुज काफ्ले र प्रशान्त भण्डारी , सचिव मेदनी गुरागाई र इन्दिवर खड्का तथा सहसचिवमा निरज ढकाल र इशान पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै नेपाली काँग्रेस हल्दिवारीको सभापतिमा सामाजिक व्यक्तित्व गंगाप्रसाद प्रसाईं सर्वसम्मत चयन भएका छन् ।
उनी यसअघि काँग्रेस हल्दिवारीको सहसभापति रहेका थिए । त्यस्तै उपसभापतिमा होमप्रसाद चुडाल र खडग लावती पनि सर्वसम्मत निर्वाचित भएका छन् । सचिव र सहसचिव पदमा सर्वसम्मतको प्रयास भैरहेको काँग्रेस नेता कृष्ण प्रसाईले जानकारी दिए । उनका अनुसार अन्य सदस्य पदमा पनि सर्वसम्मत भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्