हल्दिबारी, असोज ९ । हल्दिबारी गाउँपालिकामा नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्नेको लहर चलेको छ ।
हल्दिवारी १ नम्बर वडा कमिटीले शनिवार आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्र, राप्रपा र नेपाली कांग्रेस छाडेर २०० को सँख्यामा नेकपा एमालेमा प्रबेश गरेका छन् । माओवादीबाट गत निर्वाचनमा उम्मेद्वार बनेका भिमकुमारी दर्जी र स्थानीय नेता हेमकुमार गुरुङको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । पाटी प्रबेश गर्नेमा अधिकांश नेकपा माओवादी केन्द्रमा आवद्ध कार्यकर्ता रहेको हल्दिबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिएका छन् ।
नेकपा एमाले हल्दिवारी–१ का कार्यबाहक अध्यक्ष तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय संयोजक लक्ष्मण पाठक रहेका थिए भने कार्यक्रमलाई जिल्ला कमिटी सदस्य नारायण पोख्रेल ,नरेश चुडाल, छवि चुडाल, पूर्व जिल्ला सदस्य मोहनचन्द्र रेग्मीलगायतले संवोधन गरेका थिए । पार्टी प्रवेश कार्यक्रमको संचालन सोम सुवेदीले गरेका थिए ।