भद्रपुर, असोज १० । नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा ६१ मतसहित रामबहादुर कँडेल विजयी भएका छन् ।

४ जना प्रतिष्पर्धीलाई पछाडि पार्दै साविक पृथ्वीनगरका बासिन्दा तथा वर्तमान सचिव रामबहादुर कँडेलले काँग्रेस भद्रपुरको नेतृत्व हत्याएका हुन् । सभापति पदको दावी गरेर ५ जना चुनावी मैदानमा उत्रिएकोमा मदनबहादुर बस्नेतले ५३ मत, बन्धु कार्की ५१ मत, भरत प्रसाई ५० मत र ज्ञानबहादुर चौहान १२ मतमा सीमित भएका छन् ।
यसैगरी २ उपसभापतिमा रमेशचन्द्र झा र भरतचन्द्र गुरूङ निर्विरोध भएका छन् भने २ वटा सचिवका लागि अनिता रिजाल १६१ मत तथा उत्तम कोइराला १२१ मत ल्याएर विजयी भएका छन् । यस्तै सहसचिव पदमा नन्दलाल राजवंशी १४४ र मनिकुमार राई ११० मतका साथ विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्