झापा , असोज १२ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को शिवसताक्षी नगर कमिटी गठन भएको छ ।
शिवसताक्षी नगरपालिकाका वडाध्यक्ष नविन इजमको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको हो । जसको उपाध्यक्षद्वयमा मुक्ति गुरागाँई, खड्ग खापुङ,सचिव शान्तिराम न्यौपाने , सहसचिवमा खेम मैनाली र कोषाध्यक्षमा दुर्गा बस्नेत रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय सचिव एवम् १ नं प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले नगर कमिटीको घोषणा गरेका थिए । तुलसीराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सोमनाथ गुरागाँई र सञ्चालन प्रेम राईले गरेका थिए ।
सोही सभाले २०५ सदस्यीय युवा संघ नेपाल पनि गठन गरेको छ ।