जब देशमा नेपाली कांग्रेसले प्रजातन्त्र ल्याउँदै गर्दा किसानले खेतमा हलो जोत्दै गर्दा आँखाभरि आँशु बगाउँदै हाम्रो पनि राम्रो दिन आउँदै छ भनी खुशीको आँशु बगाएका थिए । मजदुर रमाएका थिए । हामी सही ज्याला पाउने छौ भनी त्यसैगरी निमुखा, गरीव , बेरोजगार युवाहरू हामी आफ्नो कुराहरू राख्न पाउनेछौ । देशमा रोजगारी सृजना हुनेछ, हामी काम पाउने छौ भन्दै नेपाली कांग्रेस पार्टीलाई जनताले विश्वास गरेका थिए । केही हदसम्म पार्टीले जनताको काम गरेको थियो । नेपाली कांग्रेस पार्टी फेरि पनि जनताकै लागि काम गर्ने छ भनी सबै जनता आशा जागेको छ । त्यसैले जनतामा विश्वास दिलाउन १४ औ महाधिवेशनले ठूलो भूमिका राख्ने छ भनी मलाई लागेको छ ।
नेपाली कांग्रेसमा माथिदेखि तल्लो तहसम्म हरेक पार्टीको संघ तथा संगठनमा गुट उपगुट पार्टीले यसलाई अपनत्व गर्दै झन् हरेक महाधिवेशनमा बढ्दै गईरहेको छ । र, युवाहरू पनि एक किसिमले युवाहरूले युवाहरूलाई नै मन नपराएको जस्तो छ । कतै म पछाडी पर्ने हो कि , कतै म हराउने हो कि , अनि गुट उपगुट पछाडी लागेर यस्ता युवाहरू अगाडी बढ्न नसकेको हो कि । तर यस्तो सोच युवाहरू ठान्न हुन्नथ्यो। आज गुट उपगुटको कारणले संविधानसभा सदस्य दुई पटक सांसद भएका कार्यकर्ता वार्डमा हार्नु पर्दा अन्य पार्टी प्रवेश गरेको छ । यो दुःखद घटना भएको छ पार्टीको लागि ।

वार्डदेखि नगर सभापतिमा युवाहरूको राम्रो उपस्थिति थियो। १९ बर्ष उमेरदेखि १९ बर्षसम्मकै वार्डमा सचिवदेखि वार्ड सभापति र नगर सभापतिमा पदमा विजयी भएका छन् । यो छिटफुट जित हासिल गरेको छ । यो राम्रो संकेत हो युवाहरूमा । त्यसैले हाम्रोलाई होईन , राम्रोलाई काम गर्ने ल्याउनु पर्छ । नातावाद, कृपावाद , जाति , धर्म , लिङ्ग, वर्णको आधारमा न की हाम्रोलाई ल्याऊँ।
नेपाली कांग्रेसलाई गतिशीलता नेतृत्व बनाउन हो भने युवाहरू त चाहिने नै भयो। पाका पुस्ता पनि धेरै खारिएर धेरै आन्दोलन राजनीतिक सामना गर्दै पार्टी यहाँसम्म ल्याएकोले सबै खाले पुस्तालाई थप गतिशील दिनु पर्छ । र युवाहरूमा सपना, योजना महत्वाकांक्षी , नीति तथा कार्यक्रम ल्याउनु पर्छ,अत्यन्तै ऊर्जाशील , लगनशील, सामाजिक , राजनैतिक व्यक्तित्व हुनुपर्छ । साथसाथै पाका पुस्तासंग अनुभव , खारिएर, आन्दोलन, राजनीतिक नेतृत्वबाट आएकोले उहाँहरूको सरसल्लाहबाट पार्टीलाई अगाडी तथा गतिशील दिनुपर्छ ।

यहाँ दुईतिहाई नजिक सरकार भएर पनि देश चलाउन सकेन किनभने दम्भ, सर्वसत्तावाद र निरंकुश ढंगले चलाउन खोज्दा । आफ्नै पार्टीमा गुट उपगुट कारणले गर्दा यत्रो बहुमत पाउँदा पनि सरकार टिकाउन तथा पार्टी फुटाउनबाट बचाउन सकेन । त्यसैले त्याग, समर्पण, निडर, साहसी, जुझारू,कर्मठ, निष्ठावान कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा चाहिएको छ ।१४ औ महाधिवेशनबाट चुन्ने नै छौ ।हामी आम कार्यकर्ताहरू आस्थावान छौ ।

नेपाली कांग्रेस १४ औ महाधिवेशन सहमति र सहकार्यबाट चुनाव गरेमा पार्टी र कार्यकर्ता जनतालाई भलो हुन्थ्यो । किनकी नेपाली कांग्रेस पार्टीप्रति आस्था राख्ने शुभेच्छुक. आम जनताप्रति आस्थावान छ कि पार्टी सरकारमा आएर जनताको समस्याहरूलाई पहिचान गरेर, आधारभूत सुख सुविधालाई ध्यान राखेर जनताको काम गर्छन् भनेर कुरेर बसेका छन् । नेपाली कांग्रेसको आन्तरिक कलहले गर्दा घात प्रतिघात तल्लो स्तरमा गएर गालीगलौज गर्ने भएपछि आउँदै गरेको स्थानीय चुनावमा फेरि पनि पराजित भयो भने जनतामा निरास बन्ने छन्।त्यसैले गर्दा सहमति सहकार्य गरेर गए अति उत्तम हुन्थ्यो होला ।जय नेपाल
(चौधरी काँग्रेसका क्रियाशील सदस्य हुन् ।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्