झापा , असोज १६ । झापामा सर्पले डसेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १.३० बजे बाह्रदशी १ भागडुब्बा बस्ने ५५ वर्षिय मानबहादुर थापालाई घरको कोठामा कालो गोमन सर्पले डसेको थियो । उनलाई उपचारको लागि दिउँसो ४ बजे मेची अस्पताल भद्रपुरमा ल्याई उपचार भईरहेकोमा ४.२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्