बिर्तामोड , असोज १७ । साना निर्माणकर्मी संघ झापाको अध्यक्षमा केदार राजवंशी चयन भएका छन् ।

बिर्तामोड ४ मा कार्यालय रहेको संघको आइतवार भएको प्रथम अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उनी यसअघि कार्यवाहक अध्यक्ष रहेका थिए । त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा धनकुमार राई , उपाध्यक्षमा नितानन्द राजवंशी , सचिव रन्जन शाह , सहसचिव पशुपति थापा मगर र कोषाध्यक्षमा दन्तलाल राजवंशी चुनिएका छन् । त्यस्तै सदस्यहरुमा सोम मुर्मू , वासिब मिया , मोहम्मद मिया , थुप्पु राजवंशी , नवलकिशोर शाह , कमल कार्की र पलास राजवंशी रहेका छन् । त्यस्तै ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसमा कृष्णप्रसाद भट्टराई , निरेन राजवंशी, परमानन्द राजवंशी , सन्तोष राजवंशी (राजु ), इन्द्रसिंह राजवंशी , महमुद इसुफ र पदमप्रसाद सुवेदी रहेका छन् । बिर्तामोड वडा न ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले कार्यक्रमको उद्घाटन गर्दै वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बिर्तामोड ६ का वडा सदस्य एन्बिन्द्र खत्री ,संस्थाका संस्थापक अध्यक्ष सन्तोष राजवंशी (राजु ), प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । केदार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृष्णप्रसाद भट्टराईले गरेका थिए । साना निर्माणकर्मीहरुको पेशागत हकहितको संरक्षणसँगै निर्माण कार्यको गुणस्तरमा अभिबृद्धि गर्ने उद्धेश्यसहित स्थापना भएको साना निर्माणकर्मी संघ आफ्नो क्षेत्रमा क्रियाशील रहेको छ । छरिएर रहेका साना निर्माणकर्मीहरुलाई एकत्रित पार्दै २०७६ जेठ १७ गते बिर्तामोडमा भएको भेलाबाट संगठित भएर झापा जिल्लाका साना निर्माणकर्मीहरुको साझा संस्था साना निर्माणकर्मी संघ २०७६ असार ८ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्