बिर्तामोड , असोज १८ । कोरोना संक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी १ की ६५ वर्षिया महिला रहेकी छन् । मेची अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६१७ पुगेको छ । कोरोना संक्रमण न्यूनीकरण भएको देखिएपनि नियन्त्रणमा आइसकेको छैन । झापामा अझै ९१७ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । हिजो बिर्तामोडका १७ सहित ८१ जनालाई संक्रमण पुष्टि भएको छ । झापामा कोरोना संक्रमितको सँख्या ३१ हजार ७९ पुगेको छ । त्यसमध्ये २४ हजार ८१५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्