झापा, असोज १८ । इलामको सूर्योदय नगरपालिका–६ हर्कटे चौकबाट प्रहरीले लाखौँ भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार रहेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाख फेला परेपछि पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनी कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्