बिर्तामोड, असोज १८ । झापा बिर्तामोड ५ निवासी दुर्गादेवी थापाले पितृको सम्झनामा बिर्तामोड ४ स्थित बृद्धाश्रमका बृद्धबृद्धालाई आज खाना तथा लत्ताकपडा वितरण गरेकी छन् ।

परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका १८ बृद्धा र १३ बृद्ध गरी ३१ जनालाई दुर्गादेवी, छोरा तिलक र बुहारी सुशिलाले एकछाक खाना, एक–एक थान कपडा र फलफूल वितरण गरेका हुन् ।
बृद्धाश्रमका अध्यक्ष बिक्रम मादेनको अध्यक्षतामा भएको सो कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष राधिका चुडाल हुमागाँईले सहजीकरण गरेकी थिइन् ।
सोह्र श्राद्धका अवसरमा बृद्धबृद्धाहरुको सेवामा आफूलाई समर्पित गर्दै सामाजिक कार्य गर्ने प्रचलन पछिल्लो समय बढदै गएको छ ।
यस्ता पर्वहरु बाहेकका समयमा पनि जन्मदिन, विवाह उत्सव आदिमा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग जुटने गरेको आश्रमका सचिव बेनु भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्