झापा , असोज १८ । निर्माणाधीन घरबाट लडेर झापामा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका– ३ निवासी ६५ वर्षीय रुद्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार कनकाई– ४ स्थित त्रिवेणी टोल निवासी दुर्गा नेपालको दुईतले निर्माणाधीन घरमा प्लम्बरको काम गर्ने क्रममा सोमबार बिहान साढे ११ बजे दोस्रो तलाबाट अधिकारी भुईँमा खसेका थिए । लडेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्