बिर्तामोड, असोज १८ । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको तेस्रो वडास्तरीय फुट्बल प्रतियोगितामा वडा नं ६ ले शानदार शुरुवात गरेको छ ।

बिर्तामोड १० स्थित महेन्द्रज्योति माबिको मैदानमा सोमबार भएको उद्घाटन खेलमा वडा नं ६ ले वडा नं ८ लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको हो । टिमलाई बिजयी गराउन वडा नम्बर ६ का तर्फबाट रोमन भुजेलले ५ गोल गर्दै म्याच अफ द म्यान घोषित भए । यस्तै सिद्धार्थ अधिकारी र सन्देश बस्नेतले १÷१ गोल गर्दै टिमलाई बिजयी गराएका थिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष टीका संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डे , वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन समितिका उपाध्यक्ष केशव भण्डारीले गरेका थिए । मंगलबारको खेल वडा नम्बर १ र ४ बीच हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्