कनकाई, असोज १८ । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं.२ विजयी बनेको छ ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजना रहेको प्रतियोगिताको सोमबारको दोस्रो दिनको खेलमा वडा नं.४ लाई २—० गोल अन्तरले पछि पार्दै वडा नं.२ विजयी बनेको हो । खेलको पहिलो १७ औं मिनेटमा विजयी टिमका रोशन दर्जीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि थप हौसलाका साथ अघि बढेको वडा नं.२ ले खेलको २९ औं मिनटमा रोशन दर्जीबाटै प्रहार गरेको गोलले विपक्षीको जाली चुमेपछि २—० गोल अन्तरमा वडा नं.२ विजेता बनेको आयोजक समितिका संयोजक गोविन्द उप्रेतीले बताए । खेलको म्यान अफ द म्याच विजयी टिमका गोलकर्ता रोशन दर्जी घोषित भए । दर्जीलाई खेल संयोजक उप्रेतीले म्यान अफ द म्याचको पुरस्कारस्वरुप खेलाडीको बुट हस्तान्तरण गरे ।

प्रतियोगिताको तेस्रो दिन मंगलबार कनकाईको वडा नं.५ र वडा नं.६ बीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार साथै प्रमाणपत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमिफाइनलमा पुगेर पराजित हुने दुईवटा टिमलाई समेत सान्त्वनास्वरुप ५÷५ हजार नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताएका छन् । असोज २५ गते समापन हुने प्रतियोगितामा कनकाई नगरक्षेत्रका ९ वटा वडाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्