मेचीनगर, असोज २४ । दिनप्रतिदिन बढ्दै गएको व्यवसायलाई मध्यनजर गरी मेचीनगरको इटाभट्टामा अमर मार्केट सञ्चालनमा आएको छ ।

मेचीनगर ५ गैरीगाउँ टोल निवासी अमर गिरीले घटस्थापनाको अवसर पारेर उक्त अमर मार्केट सञ्चालनमा ल्याएका हुन् ।
२ कठ्ठा जमिनमा निर्माण भएको मार्केटमा ११ वटा सटरसहितको व्यावसायिक कोठाहरु रहेका छन् । लामो समय विदेशमा बसेका गिरीले केही वर्ष अघिदेखि आफ्नै क्षेत्रमा केही गर्ने लक्ष्य राख्दै आएका थिए । सोही अनुसार विदेशी मोहलाई त्यागेर क्रमिक रुपमा विकास हुँदै गरेको इटाभट्टामा मार्केट सञ्चालनमा ल्याएको जनाएका छन् ।
मार्केट निर्माणका लागि अहिलेसम्म ५० लाख खर्च भएको र अझै ५ लाख बराबरको काम गर्न बाँकी रहेको उनले बताए । उक्त मार्केटमा कस्मेटिक पसल, सैलुन, मोटरसाइकल ग्यारेज, विजुली पसल, मोटरसाइकलको पार्टस, होलसेल सब्जी मन्डी, होटल, हार्डवेयर पसललगायत रहने गिरीले बताए । साथै उक्त मार्केटभित्र पार्किङ तथा शौचालयको समेत सुविधा रहेको उनले जानकारी दिए ।