अर्जुनधारा , असोज २६ । झापाको शनिश्चरे बजारमा आज दसैंको फूलपातीबाट शनिअर्जुन मार्ट सञ्चालनमा आएको छ ।

अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा खुलेको मार्टको फूलपातीको दिन पारेर अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले उदघाटन गरे । बिर्तामोडका व्यवसायी गजेन्द्र पौडेलको लगानीमा शनिश्चरेकै पहिलो मार्ट सञ्चालनमा आएको हो ।उद्घाटन मन्तव्य राख्दै मेयर रानाले सम्भावना बोकेको शनिश्चरे बजारमा युवा व्यवसायीको लगानीले समृद्ध नगर बनाउने संकल्पमा टेवा पुग्ने बताए ।इलामदेखि झापासँग जोड्ने छोटो दूरीको सडक विस्तारले शनिश्चरे बजार विकसित हुने जनअपेक्षा भएको भन्दै बिर्तामोडपछि शनिश्चरे नै अर्को मुख्य बजार भएको उनको भनाइ थियो । उनले मार्ट सञ्चालकलाई अर्जुनधारा नगरमा मार्ट सञ्चालनका लागि लगानी गरेकोप्रति धन्यवाद दिए ।सञ्चालक पौडेलका अनुसार मार्टमा ३ करोड रुपैयाँ प्रारम्भिक लगानी रहेको छ । शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीको बजारको आवश्यकतालाई मार्टले पूरा गर्ने बताउँदै उनले लामो अध्ययनपछि मार्ट सञ्चालनमा ल्याइएको बताए ।१७ धुर क्षेत्रफलमा रहेको मार्टमा एउटै छानामुनि सम्पूर्ण घरायसी सामानहरु उपलब्ध हुने सञ्चालक पौडेलले जानकारी दिए । स्थानीय उपभोक्तालाई मार्टले सेवा सुविधा दिन सकेको खण्डमा नगरको श्रीबृद्धिमा टेवा पुग्ने पनि उनको विश्वास छ । उनले भने, ‘मार्ट शनिश्चरे बजार र नगरकै गहना पनि हो ।’पहिलो तलामा घरायसी सामग्रीसँगै खाद्यान्न रहेको छ भने माथिल्लो तलामा लत्ताकपडा र भाँडाकुडाको बिक्री गरिने भएको छ ।मार्टमा अहिले २ हजार आइटम रहेको मार्टका व्यवस्थापक निश्चल पौडेलले बताए । उनका अनुसार मार्ट सञ्चालनमा आएपछि अन्य बजार मूल्यभन्दा सस्तोमा उपभोग्य सामग्री उपलब्ध हुनेछ ।मार्ट सञ्चालनमा आएपछि ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्घाटन कार्यक्रम पशुपति एसिया मल्टी ग्रुप प्रालिका सिइओ इन्दिवर खड्काले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्