झापा, असोज २९ । अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परी ३० जनाको ज्यान गएको छ भने ९० जना घाइते भएका छन् ।

बीबीसीले जनाएअनुसार कन्दाहारको इमान बरगाह मस्जिदमा बम विस्फोट भएको हो । शुक्रबार प्रार्थनामा सहभागी भएकाहरुलाई लक्षित गरी विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ ।
विस्फोटको कारण अहिले प्रष्ट नभए पनि आत्मघाती हमला हुनसक्ने बीबीसीले जनाएको छ । हमलामा परी घाइते भएकाहरुलाई स्थानीय मिरवाइस अस्पताल लगिएको छ । अफगानिस्तानमा रहेका बीबीसी सम्वाददाता सिकन्दर किरमानीले इस्लामिक स्टेट अन्तर्गतकै स्थानीयस्तरको आईएस केले हमला गरेको हुनसक्ने बताएका छन् ।
अघिल्लो शुक्रबार पनि कुन्दाज प्रान्तको उत्तरी सहरमा यस्तै हमला भएको थियो । त्यहाँको सिया मस्जिदमा भएको आत्मघाती बम हमलामा प्रार्थनामा सहभागी ५० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्