झापा , असोज २९ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् ।

तीन पटकको उपाधि विजेता चेन्नई र दुई पटकको विजेता कोलकाता आईपीएलको उपाधिका लागि भिड्न लागेका हुन् ।
खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्लोरलाई हराएर उपाधि नजिक पुगेका हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्