झापा, असोज ३१ । सप्तरीमा हिजो भएको मोटरसाइकल दुर्घटनामा झापाका दुई जनाको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा झापाका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक÷एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार भद्रपुर नगरपालिका–४ बस्ने २१ वर्षिय दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । दुवै मृतकको शवलाई घरमा ल्याएर आज अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्