झापा, कात्तिक ४ । यही कात्तिक ९ गतेका लागि तय गरिएको नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ९ जना आकांक्षी देखिएका छन् ।

एउटा नगर अध्यक्ष पदका लागि यति धेरै आकांक्षी देखिएपछि निर्वाचन समितिको सर्वसम्मत गराउने प्रयास कठिन हुने देखिएको छ । एमालेको बिर्तामोड नगर अध्यक्ष पदका लागि सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल , भिष्मराज खरेल ,कृष्णप्रसाद मिश्र , मोहन शिवाकोटी , शेखर कँडेल र दुर्गाप्रसाद सिग्देल आकांक्षी देखिएका हुन् । निर्वाचन समितिले सर्वसम्मत गराउनका लागि बिहीबार पहिलो पटक ती सबै आकांक्षीहरुलाई बोलाएर छलफल गराएको थियो छलफलमा ती ९ जना नै उपस्थित थिए । ‘एउटा पदका लागि ९ जना आकांक्षी देखिएपछि सहमतिका लागि छलफल राखेका थियौं ’ निर्वाचन समितिका संयोजक रोमणि भट्टराईले भने ।

‘भरसक हाम्रो प्रयास र अपेक्षा सहमति नै हो’उनले भने ,‘ हामीले निर्वाचनको कल्पना गरेका छैनौं ।’ यद्यपि आफूहरुले लोकतान्त्रिक प्रक्रियाविपरित गएर दवाव नदिने उनको भनाई छ । नेकपा एमाले झापाले बिर्तामोडमा वडा र नगर अधिवेशन गराउनका लागि रोमणि भट्टराई संयोजक र एकराज कार्की , जसमाया गजमेर , बद्री भट्टराई , देवराज कार्की , हरि ओझा र ध्रुव सुवेदी सदस्य रहेको समितिलाई जिम्मेवारी दिएको छ । वडा अधिवेशनबाट छानिने २५० जना प्रतिनिधिले नगर अधिवेशनमा भाग लिनेछन् । उनीहरुले एक अध्यक्ष , एक उपाध्यक्ष , एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर समिति चयन गर्नेछन् । बिर्तामोडमा बिहीबारसम्म करिब दुई हजार जना पार्टी सदस्यले नवीकरण गरेको निर्वाचन समिति संयोजक भट्टराईले बताए ।
वडामा पनि धेरै आकांक्षी
जसरी नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि धेरै आकांक्षी देखिएका छन् , त्यसरी नै शनिबार हुने वडा अधिवेशनमा वडा कमिटी अध्यक्ष पदका लागि एकभन्दा बढी आकांक्षी देखिएका छन् । बिर्तामोडका १० वटा वडामध्ये केहीमा मात्र अहिलेसम्म सर्वसम्मतको संकेत देखिएको छ । बिर्तामोड वडा नं १ को वडा कमिटीको अध्यक्षमा अग्नीप्रसाद पाण्डेको नाम सर्वसम्मत रुपमा अगाडि सारिएको छ । त्यस्तै उपाध्यक्षमा सुनिता शिवाकोटी , सचिव प्रेमकुमार खरेलको चर्चा छ । त्यस्तै वडा नं २ कमिटीको अध्यक्षमा टंक मैनाली , हेमराज ओली , भोला धिताल र छविलाल खतिवडाको चर्चा सुनिएको छ ।

त्यस्तै वडा नं ३ कमिटीको अध्यक्षमा नवीन शिवाकोटी ,कुमार बुढाथोकी ,चक्र बिमली,सचिव कोशिस घिमिरे ,लक्ष्मण पाठक , वडा नं ४ को वडा कमिटी अध्यक्षमा अर्जुन खरेल , चन्द्र ओली ,वडा नं ५ को अध्यक्षमा लक्ष्मी बाँसकोटा , प्रकाश लिङ्देन, उपाध्यक्ष तारा चाम्लिङ, सचिव कृष्ण प्रसाईले आकांक्षा राखेका छन् । त्यस्तै वडा नं ६ को अध्यक्षमा आइतमाया शेर्मा लिम्बू ,सचिव सुधा आचार्य , वडा नं ७ को अध्यक्षमा खडानन्द निरौला ,केशव कार्की ,प्रेम थापा,सचिव लक्ष्मी पौडेल ,टीका खरेल , वडा नं ८ को अध्यक्षमा बिष्णु भट्टराई,सचिव युवराज गौतम , वडा नं ९ को अध्यक्षमा घनश्याम नेपाल ,रोहित ओली ,सचिव प्रेम भण्डारी ,प्रदिप संग्रौला ,कर्ण मगर तथा वडा नं १० को अध्यक्षमा इन्द्र प्रसाई , उपाध्यक्ष गीता घिमिरे , सचिव पुर्ण पौडेल आकांक्षी देखिएका छन् । यतिबेला एमालेको वडा र नगर अधिवेशनले पार्टी कार्यकर्ताहरुलाई भ्याई नभ्याई छ । कार्यकर्ताहरुको आकांक्षा तीब्र रुपमा बढेको पाइएको छ । जसबाट वडा र नगर अधिवेशनमा कडा प्रतिष्पर्धा हुने देखिएको एक कार्यकर्ताले बताए ।

2 वटा प्रतिक्रिया

  1. It is good to see that many are coming to the competition of the president post. But हाम्रो मान्छे भन्दा राम्रो मान्छेलाइ सोच्नु पर्छ। योज्ञता र गोगदानलाइ अबमुल्यान्क नगरौ। स्थान मात्र होइन काम गर्नेलाइ रोजौ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्