झापा , कात्तिक ७ । झापाको शिवसताक्षी नगरपालिका ९ मा तास खेलिरहेको अबस्थामा एक लाख त्रिहत्तर हजार पाँच सय रकमसहित चारजना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी ९ बस्ने ५० वर्षिय अग्नी राई, सोही ठाउँका ४० वर्षिय लालबहादुर लिम्बु, वडा नं ११ बस्ने ३७ वर्षिय सुरेश लिम्बु र वडा नं ९ बस्ने ४५ वर्षिय मनिष क्षेत्री रहेका छन् ।गएराति ९ बजे शिवसताक्षी ९ स्थित जितेन्द्र शाक्यको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद एक लाख त्रिहत्तर हजार पाँच सय ,मोबाईल सेट ४ थान र तीन बुङ तास बरामद भएको छ । उनीहरुलाई इप्रका झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्