झापा, कात्तिक ७ । सर्लाहीमा भएको बिभिन्न दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक बालकको मोटरसाईकल ठक्करबाट मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका वडा नम्बर १५ स्थित सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ७ स्थित मोहनगंज बस्ने उमेश साहकी २८ वर्षिय श्रीमती पपिता देवी साहको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारको लागि लालबन्दी स्थित अस्पतालमा लैजादै गर्दा बाटोमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर ब्रहम्पुरी गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षिय सुरेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकरी दिए । विद्युतीय पोलमा वाईफाईको तार जोड्न जाँदा साहलाई आज साँझ करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवामा प–याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

यसैबीच बागमती नगरपालिका वडा नम्बर ५ स्थित मोटरसाइकलले शनिबारदेखि राती करिब ८ बजेको समयमा साइकल ठक्कर दिदा साइकल चालक एक बालकको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट बागमती नगरपालिका–८ निवासी १४ वर्षिय बालक प्रकाश बहादुर थिंगको मृत्यु भएको सर्लाहीका प्रहरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्