झापा,कात्तिक ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा नहुने बताएका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेसनल टेनिस टुर्नामेन्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले आफ्नै नेतृत्वमा प्रजातन्त्र स्थापना भएपपछि गणेशमानले तत्कालीन राजाबाट प्रधानमन्त्रीको अफर पनि लत्याएको बताए ।

“उनको मनसाय राजाले बनाएको प्रधानमन्त्रीभन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु नै थियो । उनले आफ्नो स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा कठिन थियो,” उनले भने । प्रजातन्त्र स्थापनाको निम्ति आफ्नो जीवनभर संघर्ष गरेको भन्दै उनले नेपाली राजनीति र दलका नेताहरूले गणेशमानबाट त्यागको भावना सिक्न नसक्दा जनतामा निराशा छाएको उल्लेख गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्