सुरुङ्गा , कात्तिक १० । कन्काई नगरपालिकाद्वारा आयोजित बीउ उत्पादन र प्रमाणीकरण बिधि र पद्धतिसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।

कन्काई नगरपालिकाको आर्थिक सहयोग र बीउबिजन प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा भएको सो तालिममा कन्काई नगरपालिकाबाट २१ र बिर्तामोड नगरपालिकाबाट ५ गरी जम्मा २६ जना बीउ उत्पादक कृषकहरुको सहभागिता रहेको थियो । बीउबिजन प्रयोगशाला झुम्काका प्रमुख उग्रनारायण चौधरी र फिल्ड प्रमुख फुलकुमारी चौधरीले तालिम दिएका थिए । तालिम समापन कार्यक्रममा कन्काई नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पोखरेलले तालिममा सहभागी कृषकलाई हौसला दिँदै आफूले सिकेको तालिमबाट बीउ उत्पादन गरेर कन्काई नगरपालिकालाई मात्रै नभएर नेपालभरि नै आत्मनिर्भर बनाउनु पर्छ भने । त्यसैगरी कन्काई नगरपालिका कृषि विकास शाखा प्रमुख यदु गौतमले धानको बीउ उत्पादनमा कन्काई नगरपालिका ५ को बेनुबाजा कृषक समूहमा ७ बिगाह र कन्काई नगरपालिका ८ को साना किसान कृषि सहकारीमा ६.५ बिगाह क्षेत्रफलमा कन्काई नगरपालिका कृषि विकास शाखाबाट प्रतिबिगाह १०;००० रूपैयाँ र धानको बीउ अनुदान दिएर धानको बीउ उत्पादन भइरहेको र सो उत्पादनलाई प्रमाणीकरण गरी बिक्री वितरण गरिने जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्